News Portal

  • ग्लोबल आइएमइद्धारा १५ लाख रुपैयाँको छात्रवृत्ति वितरण

    आर्थीकसंसार संवाददाता२९ असार, २०७९
    ५२३ पटक
    २९ असार, २०७९

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो ५० वटा शाखा कार्यालयबाट छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ । यही असार २६ गते संस्थाको शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विभागीय प्रमुख सुदिप आचार्यले बताए ।
    कार्यक्रममा ५० वटै शाखामा उत्कृष्ट अंक ल्याई वार्षिक परीक्षा उत्तीर्ण गर्ने जेहेन्दार विधार्थीहरुलाई जनही ३० हजारका दरले १५ लाख छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।
    वित्तीय संस्थाले ग्राहक संरक्षण कार्यक्रम मार्फत सदस्यका छोरा छोरीहरु तथा गरिव जेहन्दार विधार्थीहरुको शिक्षालाई प्रोत्साहित गर्न यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस अघि समेत विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, स्वच्छ पिउने पानीको लागि फिल्टर सरसफाइका सामग्री वितरण जस्ता कार्य समेत संस्थाले गरिसकेको छ ।
    संस्थाको ११९ वटा शाखा कार्यालयमा १ लाख ४७ हजार भन्दा बढि सदस्य तथा ऋणी ७५ हजार ५ सय भन्दा बढि रहेका छन । साथै ८ अर्ब ५० करोड कर्जा लगानी गरेको संस्थाका मुख्य व्यवसाय अधिकृत यतिराज पौडेलले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्