News Portal

  • सनराइज बैंकले गर्यो निःशुल्क स्तन तथा पाठेघर चेकजाँच शिविर

    आर्थीकसंसार संवाददाता२८ असार, २०७९
    ६१५ पटक
    २८ असार, २०७९

    काठमाडौं । सनराइज बैंकको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।
    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा संभावित रोग समयमै पहिचान गरि जोखिम न्यूनीकरण गर्ने उद्देश्यले दुई दिने कार्यक्रम गरिएको भक्तपुर शाखा प्रबन्धक नीरज अमात्यले जानकारी दिए ।
    असार २३ र २५ गते दुई दिन चलेको उक्त अन्तरक्रिया तथा स्तन र पाठेघर परीक्षण शिविरमा करिब १२० जना स्थानीय महिला सहभागी भएकाे उनले जानकारी दिए । सो स्वास्थ्य जाँचपछि निःशुल्क औषधी पनि वितरण गरिएको उनले बताए ।

    बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ ।
    महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजारसम्म र अस्पताल भर्ना र इएम् खर्च गरी १ लाख सम्म बीमा बापतको रकम समेत दिदै आएको छ ।

    प्रतिकृया दिनुहोस्