News Portal

  • लुम्बिनी विकास बैंकद्वारा किर्तीमानी आरोहीलाई सम्मान

    आर्थीकसंसार संवाददाता२५ असार, २०७९
    ५५८ पटक
    २५ असार, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि “निरन्तर सहयात्रा” गर्दै आउनु भएका कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले आफ्नो २६औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकडर्र्समा लेखाउन सफल हुनुभएकोमा विकास बैंकले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा उहाँको उत्तरोत्तर प्रगतिको कामनासहित सम्मान–पत्र किर्तीमानी आरोही शेर्पालाई प्रदान गरेको छ । सो सम्मान–पत्र बैंकका अध्यक्ष दशरथ रिसालले विकास बैंकको केन्द्रीय कार्यालयमा एक समारोहका बीच प्रदान गर्नुभयो ।
    कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा बिगत दुईदशकदेखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनी आबद्घ हुनुहुन्छ । उहाँको यो किर्तीमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथा २६औं पटक आरोहण गरेको जानकारी दिनुभयो । उहाँको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंक लि. साथै सम्पुर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ ।
    हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्