News Portal

  • एनआईसीको डिजिटल बैंकिङ सेवा टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

    आर्थीकसंसार संवाददाता१८ असार, २०७९
    ४४२ पटक
    १८ असार, २०७९

    काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, वेवसाइट, आई सर्भिस तथा इन्टरनेट बैंकिङ सेवा नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने भएको छ ।
    यस सुविधा मार्फत एनआईसीका ग्राहकले टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, वेवसाइट, आई सर्भिस तथा इनटरनेट बैंकिङ सेवा निःशुल्क प्रयोग गर्न सक्ने भएका हुन् ।
    साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि यी सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।
    एनआईसी एशिया बैंकले हाल ३५९ शाखा, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्