News Portal

  • ग्लोवल आइएमई लघुवित्तको संक्रमित तथा सरुवारोग अस्पताल कास्कीलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१९ जेठ, २०७८
    ११९० पटक
    १९ जेठ, २०७८

    काठमाडौं । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेश, कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपालिका–२९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ ।
    लघुवित्तले अस्पताललाई सहयोग स्वरुप १ लाख रुपैयाँ वरावरको आर्थिक सहयोग गरेको छ । संस्थाले उक्त सहयोग रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मानवहादुर जिसीको रोहवरमा अस्पातालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई उक्त चेक हस्तान्तरण गरिएको थियो ।
    कार्यक्रममा नगर प्रमुखले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउमा सहयोग गरेको वताएका थिए भने यस किसिमको सहयोगले आफुलाई पनि स्वास्थ्य क्षेत्रमा थप काम गर्ने प्रोत्साहन मिलेको बताएका थिए । अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले ५० जनाको शैया क्षमता भएको उक्त अस्पतालमा हाल ५१ जना कोभिडको विरामी रहेको वताएका थिए ।
    गौचनले यस विषम परिस्थितिमा वित्तीय संस्थाको सहयोगलाई अस्पताल संचालनमा थप सहयोग पुगेको बताउँदै संस्थालाई धन्यवाद दिएका थिए भने विगतका दिनहरुमा पनि संस्थाद्वारा सहयोग भईरहेको वताएका थिए ।

    प्रतिकृया दिनुहोस्