News Portal

  • नेशनल माइक्रोफाइनान्सले पनि घटायो लभांश,अब कति दिँदैछ ?

    आर्थीकसंसार संवाददाता१३ चैत, २०७९
    ३०२ पटक
    १३ चैत, २०७९

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सको लाभांश फेरी संशोधन भएको छ । अब लघुवित्तले १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि संस्थाले लाभांश घटाएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८ दशमलव ५ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले ३४ दशमलव ४५ प्रतिशत बोनश शेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको थियो ।
    फेरी कम्पनीलाई नेपाल राष्ट्र बैंकबाट १५ प्रतिशत बोनश शेयर बितरण गर्नको लागि स्वीकृति पाएकाले अब संस्थाले १५ प्रतिशत मात्र बोनश शेयर बितरण गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्