News Portal

  • प्रभु बैंकले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तर

    आर्थीकसंसार संवाददाता२१ फागुन, २०७७
    ११६२ पटक
    २१ फागुन, २०७७

    काठमाडौं । प्रभु बैंक लिमिटेडले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधिमार्फत व्यवस्थापन गर्ने हेतुले क्यूआर कोड हस्तान्तर गरिएको छ । फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले क्यूआर कोड हस्तान्तर गर्नुभएको हो ।
    यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसनमार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोबारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।

    प्रतिकृया दिनुहोस्