News Portal

  • नेपाल बैंकको अगुवाईमा लाप्चे खोला जलविद्युत आयोजनामा १९ अर्ब लगानी

    आर्थीकसंसार संवाददाता७ पौष, २०७७
    १६७५ पटक
    ७ पौष, २०७७

    काठमाडौं । नेपाल बैंकको अगुवाईमा नौवटा बैंकले लाप्चे खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । उक्त आयोजनामा नौवटा बैंकले १९ अर्ब ६५ करोडभन्दा बढी लगानी गर्ने भएका हुन् ।
    सो आयोजनामा नेपाल बैंकद्वारा ५ अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकद्वारा ३ अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषद्वारा २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकद्वारा २ अर्ब, हिमालयन बैंकद्वारा २ अर्ब, लक्ष्मी बैंकद्वारा १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकद्वारा १ अर्ब, बैंक अफ काठमाडौंद्वारा १ अर्ब तथा कृषि विकास बैंकद्वारा १ अर्ब गरी जम्मा १९ अर्ब ६५ करोड २५ लाखको वित्तीय प्रबन्ध गरिएको हो ।
    नेपालमा निजी क्षेत्रको लगानीबाट बन्न लागेको देशकै ठूलो १६० मेगावाटको लाप्चे खोला जलविद्युत आयोजनामा एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको छ । नाशा हाईड्रोपावरले प्रवद्र्धन गर्न लागेको उक्त जलविद्युत आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुनेछ ।
    सम्झौता कार्यक्रममा डेभलपर नाशा हाईड्रोपावरका अध्यक्ष मोतिलाल दुगडले सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको र २०७९ श्रावणसम्ममा उक्त आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने बताए ।

    प्रतिकृया दिनुहोस्