News Portal

  • स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर

    आर्थीकसंसार संवाददाता१९ चैत, २०८०
    ८० पटक
    १९ चैत, २०८०

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले शनिवार नवराजपुरको मझौरमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

    संस्थाको आर्थिक सहयोगमा लहान सिटी जेसीज द्वारा एक दिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन भएको जनाइएको छ । विहान ९ बजेबाट सञ्चालन भएको शिविर अपरान्ह ४ बजे समाप्त गरिएको थियो ।

    ४२१ जना व्यक्तिहरुले प्रत्यक्ष रुपमा उक्त शिविरबाट लाभ लिएको संस्थाका संचालन तथा मानव संसाधन विभागीय प्रमूख सन्तोष कुमार साहले जानकारी दिए । बरिष्ठ फिजिसियन डा. रितेश कुमार गिरी, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.गिता यादव, ल्याबका संचालक बिजय कुमार यादव, डा। खुश्बु साह, डेन्टल सर्जन डा.सुशान्त कुमार स्वतन्त्र र डा. विनिता गुप्ता सहितको डाक्टर तथा स्वास्थ्य कर्मीहरुको टोलिबाट उक्त शिविरमा सेवा प्रदान गरिएको थियो ।

    साथै स्वस्तिक लघुवित्त वित्तीय संस्था लि। को विभागीय प्रमुख सन्तोष कुमार साह, वित्तविभागीय सहायक रमेश लाल कर्ण, भोटीयाटोल शाखाको शाखा प्रमुख स्वतन्त्र कुमार सिंह, त्यस शाखाको फिल्ड कर्मचारी प्रमोद यादव र कल्पना चौधरीको समेत सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि नवराजपुर वडा नं २ को वडा अध्यक्ष सुरेश कुमार यादव प्रमुख अतिथिको रुपमा रहेका थिए । उक्त शिविरमा लहान सिटी जेसीजका अध्यक्ष जेसी उमेश कुमार यादव लगायतका अन्य पदाधिकारी तथा सदस्यहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्