News Portal

  • दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह

    आर्थीकसंसार संवाददाता१९ चैत, २०८०
    ७७ पटक
    १९ चैत, २०८०

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले साविकको सिद्धार्थ इन्स्योरेन्स र साविक प्रिमियर इन्स्योरेन्स मर्ज भई कायम भएको संस्थामा विभिन्न समयमा परेका दावीहरुको निवेदन प्राप्त भएको र त्यसपश्चात हाल फछ्र्यौट प्रक्रियाका लागि आवश्यक कागजात सहित कम्पनीको सम्पर्कमा आउन आग्रह गरेको हो ।

    सम्बन्धीत व्यक्तिहरुले कम्पनीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उप शाखा कार्यालय, बीमा सर्भेयरलाई सम्पर्क गर्न सकिने कम्पनील जनाएको छ । सूचना प्रकाशित भएको मिति चैत १८ बाट २१ दिनभित्र कम्पनीमा सम्पर्क गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्