News Portal

  • प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ असोज, २०७७
    १३६२ पटक
    २९ असोज, २०७७

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
    २०६४ सालमा दर्ता भई २०७४/०८/२८ देखि बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको कम्पनीको सञ्चालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरेलगायत सञ्चालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् । सो सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्