Skip

News Portal

  • मितेरी डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता १२ असोज, २०८३
    ४४ पटक
    १२ असोज, २०८३

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ६ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २१औँ वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गरी सेयरधनीलाई लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्त कुमार चापगाईंले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्