News Portal

  • लाभांश पारित गर्न स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    आर्थीकसंसार संवाददाता१ मंसिर, २०८३
    १८ पटक
    १ मंसिर, २०८३

    काठमाडौं । लाभांश पारित गर्न स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नो ४० औँ वार्षिक साधारणसभा डाकेको छ।

    बैंक सञ्चालक समितिको बैठकले मंसिर २३ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।

    सभाले आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ। सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

    सभाले चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

    सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ।

    लाभांश र सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

    प्रतिकृया दिनुहोस्