आर्थीकसंसार संवाददाता३ मंसिर, २०८३
३ मंसिर, २०८३काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा आगामी मंसिर २६ गते पोखरामा ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने भएको छ।
नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले प्रतियोगिताको आयोजक हिमालयन ट्रेल रनिङसँग सहकार्य गरेको हो।
प्रतियोगितामा धावकहरूले आफ्नो क्षमता र रुचिअनुसार चार विधामा सहभागी हुन सक्नेछन्। जसमा ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर दौड समावेश छन्।
इच्छुक धावकले आयोजकको आधिकारिक वेबसाइटमार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन्।
प्रतियोगिताले पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ।



