News Portal

  • सुनको मूल्य १३ हजार ३०० रुपैयाँ बढ्यो

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०८३
    १७ पटक
    १९ कार्तिक, २०८३

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य वृद्धि भएको छ । एकैदिन सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २६५ रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।

    तिहार नजिकिँदै गर्दा सुनको मूल्यमा आएको यो ठूलो वृद्धिले सुन खरिद गर्ने उपभोक्तालाई थप महँगो पर्ने देखिएको छ ।

    प्रतिकृया दिनुहोस्