News Portal

  • बाढीपहिरोले मुख्य सडक प्रभावित, गोरखामा साना सवारी मात्रै चल्दै

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०८३
    १३ पटक
    ७ कार्तिक, २०८३

    काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा आवागमन प्रभावित भएको छ । गण्डकी र कर्णाली प्रदेशका केही प्रमुख सडकखण्ड अझै पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन् ।

    नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गोरखा र सुर्खेतका सडकखण्डमा बाढीपहिरोले क्षति पुर्याउँदा यातायात सञ्चालनमा समस्या भएको हो ।

    उक्त सडकखण्डको नयाँपुल क्षेत्रमा अहिले साना सवारीसाधन मात्रै सञ्चालन हुन थालेका छन् ।

    यसैगरी, पहिरोका कारण कर्णाली राजमार्ग पनि प्रभावित भएको छ । सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमा पहिरो खसेपछि अवरुद्ध बनेको राजमार्ग पहिरो पन्छाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

    बाढीपहिरो प्रभावित सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्नुपर्ने देखिएको छ ।

    प्रतिकृया दिनुहोस्