News Portal

  • माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता, यूएईबाट रेमिट्यान्स सेवा सहज

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०८२
    २२ पटक
    ७ कार्तिक, २०८२

    काठमाडौं । माछापुच्छ्रे बैंक र संयुक्त अरब इमिरेट्स (यूएई)स्थित जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ ।

    विदेशबाट नेपालमा आउने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउनको उद्देश्यका साथ सम्पन्न यस सहकार्यले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन र प्राप्त गर्न थप सुविधा प्रदान गर्नेछ ।

    यस सम्झौताको प्रभावले अब यूएईमा रहेका नेपालीहरुले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट रकम पठाएपछि, नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सक्नेछन् ।

    साथै, जोयालुक्कास एक्सचेन्जबाट पठाइएको रकम अब नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि माछापुच्छ्रे बैंकले मिलाएको छ ।

    यस सम्झौताको माध्यमबाट यूएई–नेपाल रेमिट्यान्स सेवा अझ द्रुत, भरपर्दो र पहुँचयोग्य हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्