News Portal

  • ज्योति विकास बैंकले गर्यो सुदूरपश्चिमका स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

    आर्थीकसंसार संवाददाता
    १६ पटक

    काठमाडौं । ज्योति विकास बैंकले देशका दुर्गम ग्रामीण क्षेत्रहरूमा नवजात शिशुहरूको जीवन रक्षा सुनिश्चित गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य चौकीहरूमा बेबी वार्मर प्रदान गरेको छ । बैंकले बेबी वार्मर मार्फत शिशुहरूको शारीरिक तापक्रम सन्तुलनमा राखी हाइपोथर्मियाबाट जोगाउने महत्वपूर्ण पहल सुरु गरेको हो ।

    बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस पहलमा बझाङको मष्टा गाउँपालिका वडा नं. २ स्थित मष्टा स्वास्थ्य चौकी, खप्तडछान्ना गाउँपालिका वडा नं. ५ स्थित कालुखेती स्वास्थ्य चौकी, बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ३ स्थित पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र, र अछामको रामारोशन गाउँपालिका वडा नं. ६ स्थित भाटाकाटियाँ स्वास्थ्य चौकीमा बेबी वार्मर जडान गरिएको छ ।

    उपकरण हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकीका पदाधिकारी, अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीको उपस्थिती रहेको थियो। सोही अवसरमा सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम समेत प्रदान गरिएको थियो।

    ज्योति विकास बैंकले अहिलेसम्म देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरहरूमा ६२ वटा बेबी वार्मर प्रदान गरी हरेक वर्ष करिब २ हजार २९४ भन्दा बढी शिशुहरूको जीवन रक्षा गर्न सफल भएको जनाएको छ । यस पहलबाट हालसम्म ११ हजार ४७० भन्दा बढी शिशुहरूले प्रत्यक्ष लाभ पाएका छन् ।

    बैंकले आफ्नो खुद मुनाफाबाट सामाजिक उत्तरदायित्व कार्यमा अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको उल्लेख गर्दै, नागरिकको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ । साथै, बैंकले ४१ करोड करमा योगदान पुर्याउँदै राष्ट्र निर्माणमा आफ्नो दायित्व पूरा गरेको छ ।

    प्रतिकृया दिनुहोस्