आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०८२
१३ कार्तिक, २०८२काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई मकवानपुरस्थित ओम अध्याय रिट्रिटमा छुट उपलब्ध गराउने सम्झौता बैंक र रिसोर्टबीच सम्पन्न भएको छ ।
सम्झौतापछि बैंकका ग्राहकहरूले थाहा, मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा सेवा लिँदा डिजिटल भुक्तानी गरेबापत १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
रिसोर्टका अनुसार ग्राहकहरूले रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म र खाना तथा पेयपदार्थमा १० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
यो सुविधा लिनका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
बैंकले यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधाको लाभ दिलाउने मात्र नभई डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारको विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।




