News Portal

  • प्रभु बैंकबाट एकैपटक १० जना सेयरधनी बाहिरिँदै

    आर्थीकसंसार संवाददाता१० कार्तिक, २०८२
    ११ पटक
    १० कार्तिक, २०८२

    काठमाडौं । प्रभु बैंकका एकै पटक १० जना संस्थापक सेयरधनी सेयर बिक्री गरेर बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो नामको सेयर बिक्री गरेर एकैपटक १० जना सेयरधनी बाहिरिन लागेका हुन् ।

    बैंकका अनुसार सेयरधनीहरूले आफ्नो नाममा रहेको ४ लाख २२ लाख ८०७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमध्ये उमेशचन्द्र राइले १८ हजार ९२० कित्ता, बलराम न्यौपानेले २ लाख कित्ता, विनोद कुमार अग्रवालले ४० हजार ५५७ कित्ता, कोपिला ढुंगाना घिमिरेले १८ हजार २९५ कित्ता, देव प्रसाद श्रेष्ठले २८ हजार ६२ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

    यस्तै, खेतराज सिटौलाले १४ हजार २१७ कित्ता, उत्तम बरालले ५६ हजार १४२ कित्ता, सन्ध्या थापा क्षेत्रीले १६ हजार ८८ कित्ता, निर बहादुर सुनुवारको २ हजार ७३४ कित्ता र महेश कुमार अग्रवालले २७ हजार ७९२ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

    बैंकको उक्त संस्थापक सेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्