आर्थीकसंसार संवाददाता६ मंसिर, २०८०

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको करिब साढे ५ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख ४९ हजार ५७३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
शेयर खरिद आवेदन ७ दिनभित्र दिनुपर्नेछ। आवेदक काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा पेस गर्नुपर्नेछ।