News Portal

  • दसैंको अवसरमा ग्लोबल आइएमई बैंकले टिकटक प्रतियोगिता आयोजना गर्दै

    आर्थीकसंसार संवाददाता२६ असोज, २०८०
    १३८ पटक
    २६ असोज, २०८०

    काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता आयोजना गरेको छ । बैकले युवायुवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको हो ।

    प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैंका सामग्री समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाई बैंकले सार्वजनिक गरेका सर्तहरु पूरा गरी टिकटक पेजमा अपलोड गर्नुपर्नेछ ।

    प्रतियोगितामा सहभागीमध्ये धेरै लाइक आउने तीन सहभागीलाई क्रमशः प्रथम पुरस्कार ६० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ । यो प्रतियोगितामा सहभागी हुन कात्तिक १२ सम्म टिकटक अपलोड गरिसक्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्