News Portal

  • सानिमा बैंकको ९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

    आर्थीकसंसार संवाददाता२२ असोज, २०८०
    १८८ पटक
    २२ असोज, २०८०

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार सानिमा बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

    बैंकको ९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २४७.४३ रुपैयाँ कायम भएको छ ।

    आइतबार बैंकको सेयर प्रतिकित्ता २६९.७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २४७.४३ रुपैयाँलाई आधार मानेर हुने छ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

    बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    बैंकले लाभांश पारित गर्न कात्तिक २ गते कुण्डलिनी दरबार ब्यान्केट चण्डोल काठमाडौंमा बिहान ११ बजे १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

    बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    प्रतिकृया दिनुहोस्