News Portal

  • एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

    आर्थीकसंसार संवाददाता१५ असोज, २०८०
    २१५ पटक
    १५ असोज, २०८०

    काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनआईसी एशियाले असोज १६ गतेदेखि असोज २८ गतेसम्म र एभरेष्ट बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेका छन् ।

    त्यसैले आज असोज १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

    एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद गरी कूल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न असोज २८ गते आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ९ बजे २६ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न असोज ३० गते लैनचौर ब्याङ्कवेट काठमाडौंमा २९ औँ वार्षिक साधारण सभा बिहान ९ बजे बोलाएको छ ।

    प्रतिकृया दिनुहोस्