News Portal

  • नेशनल लघुवित्तद्धारा कृषकहरुलाई निःशुल्क कागतिका विरुवा वितरण

    आर्थीकसंसार संवाददाता१५ साउन, २०८०
    २८० पटक
    १५ साउन, २०८०

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले कृषकहरुलाई निःशुल्क रुपमा कागतिका विरुवा वितरण गरेको छ । कम्पनीको शाखा कार्यालय, बागचौर, सल्यानले आफ्नो कार्यक्षेत्र रहेको दार्मा गाउँपालिकाका सबै वडाका कृषकहरुलाई करिव २२५०० कागतीका विरुवा कृषकहरुलाई वितरण गरेको हो ।
    उक्त निःशुल्क वितरण गरिएको विरुवाहरुको वजार मुल्य करिव ६ लाख वरावरको रहेको कम्पनीले जनाएको छ । दार्मा गाउँपालिकाकी उपाध्यक्ष जुना मल्लको उपस्थितिको कार्यक्रम भएको हो ।

    प्रतिकृया दिनुहोस्