News Portal

  • मेरोमाइक्रोफाइनान्स लघुवित्तले नवनियुक्त कर्मचारीलाई दियो तालिम

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०८१
    २७ पटक
    १२ वैशाख, २०८१

    काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरूलाई ३ दिने अभिमुखिकरण तथा पूर्व सेवाकालीन तालिम तथा सम्पन्न गरेको छ । तालिममा २२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

    कर्मचारीहरुलाई संस्था सम्बन्धी कामहरु, नीति-नियमको बारेमा जनकारी गराउने उदेश्यले दिइएको संस्थाले जनाएको छ ।

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाका ग्राहकहरूलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताए । साथै कर्मचारीहरूलाई संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराइएको थियो ।

    संस्थाले मुलुकभर १४९ शाखा कार्यालयहरु, २४ अनुगमन कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्