News Portal

  • ड्रिम इन्टरनेशनलले आइपीओ विक्री गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

    आर्थीकसंसार संवाददाता७ वैशाख, २०८१
    २९ पटक
    ७ वैशाख, २०८१

    काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आइपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि उक्त होटलले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी आज दुई पक्षिय हस्ताक्षर भएको छ ।

    सो सम्झौतापत्रमा ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

    पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक शेयर निष्काशन प्रक्रिया अगाडी बढाईएको कम्पनीले जनाएको छ ।

    पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेशनल होटलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना बनाएको छ ।

    प्रतिकृया दिनुहोस्