News Portal

  • नागरिक लगानी कोषले आईएमई लाईफ इन्स्योरन्सको सेयर प्रत्याभुति गर्ने

    आर्थीकसंसार संवाददाता१४ चैत, २०७९
    २२६ पटक
    १४ चैत, २०७९

    काठमाडौं । नागरिक लगानी कोषले आईएमई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ ।
    प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका छन् ।
    सम्झौता अनुसार लगानी कोषले इन्सोरेन्सको १ सय रुपैँया मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैयाँ अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्