News Portal

  • यूनियन लाइफको दुई दिने टेक्नो क्याम्प फायर कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता७ माघ, २०७९
    ४२९ पटक
    ७ माघ, २०७९

    बिर्तामोड । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने टेक्नो क्याम्प फायर कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ता प्रोत्साहन गर्ने उद्धेश्यले कम्पनीले शुक्रबार र शनिबार दुई दिने कार्यक्रम आयोजना गरेको हो ।
    इलामको कुटिडाँडास्थित हिल उड रिसोर्टमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, जोखिम मूल्यांकन विभागका प्रमुख राम श्रेष्ठ र प्रदेश १ का प्रमुख भुपराज पराजुलीले सहजीकरण गरेका थिए ।
    बीमितलाई बीमा गराउँदा आवश्यकपर्ने कागजात, दाबी भुक्तानीका प्रकृया, अभिकर्ताको काम कर्तब्य, ब्यवसाय अभिवृद्धिका तरिका लगायत विभिन्न प्राविधिक बिषयमा कार्यक्रममा जानकारी गराइएको थियो ।
    कार्यक्रममा गत साउन र भदौमा कम्पनीले ल्याएको स्किम जित्न सफल प्रदेश १ का करिब ६० जना अभिकर्ताको सहभागिता रहेको बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले जानकारी दिए । कार्यक्रम प्रदेश १ उप प्रमुख नवीन मिश्रले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्