News Portal

  • एभरेष्ट बैंकद्वारा धुलाबारी झापामा १२१ औं शाखा उद्घाटन

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७९
    ३५३ पटक
    २५ कार्तिक, २०७९

    काठमाडौं । एभरेष्ट बैंकले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ । सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन गरेका छन् । यो संगै प्रदेश नं. १ मा एभरेष्ट बैंकको शाखा सञ्जाल १८ पुगेको छ ।
    बैंकले सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचिनगर नगरपालिकाको फोहोर व्यवस्थापको सहयोगार्थ सो नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ ।

    यस बैंकले देशैभरी छरिएर रहेको आफ्नो १२१ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५६ एटिएमसहित बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्