News Portal

  • बिना धितो साढे पाँच हजारले लिए ३ अर्ब कर्जा, ब्याज अनुदानमा १९ अर्ब खर्च

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७९
    ४०६ पटक
    २५ कार्तिक, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ महिनासम्म १९ अर्ब भन्दा ब्याज अनुदान प्रदान गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि प्रवाह गरिएको कुल ब्याज अनुदान १९ अर्ब ३२ करोड ३० लाख रुपैयाँ खर्च गरेको हो । उक्त रकम ऋणीलाई ब्याज अनुदानमा प्रदान गरिएको हो ।
    ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा लिन सकिने ब्यवस्था गरेको छ । सोही अनुसार गत भदौमा १९ अर्ब ३२ करोड रुपैयाँ सहुलियत कर्जामा ब्याज अनुदान दिएको राष्ट्र बैंकले जनाएको छ ।
    राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, बिना धितो, धितो सहितको, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि, प्र्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम, युवा वर्ग स्वरोजगार कर्जा लगायत १० वटा शिर्षकमा दिइने कर्जामा ब्याज अनुदान दिने गरेको छ ।
    गत भदौमसान्तसम्ममा १ लाख ४७ हजार ९२६ जना ऋणीलाई २ खर्ब ५८ अर्ब ३९ करोड १८ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको छ । जसमा वाणिज्य बैंकहरुले १ लाख २६ हजार ३४५ ऋणीलाई २ खर्ब २५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ, विकास बैंकहरुले १९ हजार ५७४ ऋणीलाई २९ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ, फाइनान्स कम्पनीहरुले १ हजार ९०४ ऋणीलाई ३ अर्ब २६ करोड ३२ लाख रुपैयाँ र लघुवित्त संस्थाहरुले १०३ ऋणीलाई १० करोड २१ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको हो ।
    राष्ट्र बैंकका अनुसार ६० हजार ३०२ ऋणीलाई १ खर्ब ६३ अर्ब ६४ कोड रुपैयाँ बराबरको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा स्वीकृत गरेको छ । यस्तै, बिना धितो ५ हजार ५७२ ऋणीलाई ३ अर्ब २५ करोड रुपैयाँ, धितो सहितको ५४ हजार ७३० ऋणीलाई १ खर्ब ६० अर्ब ३९ करोड रुपैयाँ, शिक्षित युवा स्वरोजगार कर्जा १५६ ऋणीलाई ८ करोड रुपैयाँ, विदेशबाट फर्केका युवा परियोजना कर्जा ९४७ ऋणीलाई ७७ करोड रुपैयाँ, महिला उद्यमशील कर्जा ८४ हजार ७९० ऋणीलाई ८९ अर्ब २९ करोड रुपैयाँ र दलित समुदाय व्यवसाय विकास कर्जा १ हजार ८६ ऋणीलाई ७५ करोड रुपैयाँ कर्जा स्वीकृत गरेको छ ।
    यस्तै, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा १४६ ऋणीलाई ४ करोड रुपैयाँ, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा २०५ ऋणीलाई ५ करोड रुपैयाँ, कपडा उद्योग सञ्चालनका लागि २५८ ऋणीलाई ३ अर्ब ७१ करोड रुपैयाँ, प्र्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम २ ऋणीलाई ४ लाख रुपैयाँ र युवा वर्ग स्वरोजगार कर्जा ३४ ऋणीलाई १ करोड १४ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको हो ।

     

    प्रतिकृया दिनुहोस्