News Portal

  • चुरे र बिर्तामोडमा सनराइज बैककाे नि:शुल्क आँखा शिविर सम्पन्न, ६०० बढीले लिए सेवा

    आर्थीकसंसार संवाददाता२८ असार, २०७९
    ४९१ पटक
    २८ असार, २०७९

    काठमाडौं । सनराइज बैंकले दुई ठाउँमा निस्शुल्क आँखा शिविर सम्पन्न गरेको छ । बैंकले कैलाली जिल्लाको चुरे गाउँपालिकामा र बिर्तामोडको अर्जुनधारा नगरपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर संचालन गरेको जनाएको छ ।
    बैंकले अत्तरीया तथा चुरे शाखाको र नेपाल नेत्रज्योतीसंघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा नि:शुल्क आँखा चेकजाँच शिविर संचालन गरेको हो ।
    उक्त आँखा चेकजाँच शिविरमा ४०० भन्दा बढीले आँखा चेकजाँच गराएको र उनीहरुलाई औषधी तथा नि:शुल्क चस्मा समेत वितरण गरिएको बैंकले जनाएको छ । शिविरमा मोतिबिन्दु देखिएका ३० जनालाई नि:शुल्क शल्यक्रिया समेत गरिदिने बैंकले जानकारी दिएको छ ।
    यस्तै बैंकले बिर्तामोडमा दृष्टि आखाँ अस्पतालको सहकार्यमा निःशुल्क आँखा तथा कान परिक्षण शिविर सम्पन्न गरेको हो । सो शिविरमा २८० जनाको निशुल्क आँखा तथा कान परिक्षण गर्नुका साथै चश्मा र औषधी नि:शुल्क प्रदान गरिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्