News Portal

  • प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरका बीच आकर्षक छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२६ असार, २०७९
    ३८० पटक
    २६ असार, २०७९

    काठमाडौं । प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रा.लि.का बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रा.लि.का तर्फबाट वरिष्ठ मार्केटिंग कार्यकारी अधिकृत सुश्री अस्मिता पराजुलीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त डाइगोनोस्टीक सेन्टर प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रा.लि.द्वारा सञ्चालित सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट गरिएको छ, साथै थप डाक्टर परामर्श चाहिएमा र डाक्टरको सुझावअनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । प्रभु बैंकका ग्राहक महानुभावहरुले ५ प्रतिशत छुट फार्मेसीबाट पाउनुहुनेछ यसका साथै रु. २००० भन्दा बढीको औषधी खरीद गरेवापत (५ कि.मि.) को दुरीसम्म निस्शुल्क डेलिभरीको व्यवस्था गरिएको छ ।
    उतm सम्झौताअन्तर्गत अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टिकमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रालिका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्