आर्थीकसंसार संवाददाता२ माघ, २०८२
२ माघ, २०८२काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुर्खेत शाखाबाट वीरेन्द्रनगर नगरपालिका–९, पर्सेनीस्थित श्री कोपिला माध्यमिक विद्यालयमा कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ ।
बैंकका सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी र ८० जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरे ।
शाखा प्रमुख आचार्यले उक्त कार्यक्रमले विद्यालयमा अध्ययनरत विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानाध्यापक उपाध्यायले यस मानवीय पहलप्रति खुशी व्यक्त गर्दै विद्यार्थीसँगै शिक्षक र कर्मचारीहरूको तर्फबाट बैंकलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।


