News Portal

  • एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

    आर्थीकसंसार संवाददाता३० पुस, २०८२
    १० पटक
    ३० पुस, २०८२

    काठमाडौं । एशिया बैंक लिमिटेडको सर्वसाधारण सेयरधनी समूहबाट अनुपा प्रधान राजभण्डारीलाई सञ्चालक पदमा नियुक्त भएकी छन् । बैंकिङ क्षेत्रमा झन्डै तीन दशकको अनुभव भएकी राजभण्डारीले बैंकको सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् ।

    बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले यसअघि तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व गर्दै बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेकी थिइन् ।

    एनआईसी एशिया बैंकले नवनियुक्त सञ्चालक राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारको तर्फबाट स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

    प्रतिकृया दिनुहोस्