१७ मंसिर, २०८२काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिका, पिन्डेश्वर बाबाधाम व्यवस्थापन समिति, धरान १४, सुनसरीलाई १० थान डस्टबिन, ५ थान डस्ट प्यान, ५ थान कुचो र ५ थान झाडु हस्तान्तरण गरिएको छ ।
उक्त व्यवस्थापन समितिका अध्यक्ष विकास नेपालीले बैंकको सामाजिक पहलले मन्दिर क्षेत्रमा सफाइ कायम राख्न सहयोग पुर्याउने उल्लेख गर्दै धन्यवाद प्रकट गरे ।
कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा तथा समाजसेवीहरूको पनि सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले सबैलाई फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न र मन्दिरको सफाइमा योगदान दिन आह्वान गरे ।
डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षण लगायतका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
प्रादेशिक विकास बैंकको रुपमा, झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका ४७ शाखा तथा तीन एटीएममार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ । बैंकले कोशी प्रदेशभित्रका अन्य जिल्लामा पनि नयाँ शाखा स्थापना गर्ने लक्ष्य राखेको छ ।




