News Portal

  • गौरीशंकर लाल दासलाई हेमबहादुर मल्ल सम्मान–२०७५ प्रदान

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०७७
    १०१५ पटक
    १३ फागुन, २०७७

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक विशेष समारोहकाबीच हेमबहादुर मल्ल सम्मान–२०७५ डा. गौरीशंकर लाल दासलाई प्रदान गरिएको छ । यो सम्मान रु. २ लाख राशीको छ । नेपाल जनप्रशासन संघले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पुर्याउने महानुभावलाई सम्मान गर्न ख्याती प्राप्त प्र्रशासक एवं व्यवस्थापक स्व. हेमवहादुर मल्लको सम्मानमा यो पुरस्कारको स्थापना गरिएको हो । साल्ट टे्रडिङ कर्पोरेशनको सौजन्यमा यो सम्मान राष्ट्रपति भवनमा प्रदान गरिएको हो ।
    राष्ट्रपति कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरी बास्कोटाले हेमबहादुर मल्ल सम्मान पाउने डा. दास १६औं व्यक्ति भएको कुरा बताए । यसैगरी सम्मान छनौट समितिका संयोजक माधव पौडेलले यस सम्मानका लागि निष्पक्षरुपमा समितिले चयन गर्दा डा.दास छनोटमा परेको कुरा बताए । समारोहमा डा.दासले सम्मानका लागि आभार प्रकट गर्नुभयो भने साल्ट टे्रडिङ कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले धन्यवाद ज्ञापन गरेका थिए ।
    राष्ट्र्रपति भवनको कार्यक्रमपछि याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा. दासलाई संघको लोगो प्रदान गर्दै सम्मान प्रकट गरिएको थियो । सो समारोहमा डा.दासले आफूले समाजसेवामा भोगेका अनुभवसहितको विशेष कार्यपत्र प्रस्तुत गरेका थिए । साथै, समारोहमा प्रा. यशोधा काप्mले, प्रा. चूडाराज उप्रेती र माधव पौडेलले पनि आ–आप्mनो मन्तव्य व्यक्त गरेका थिए ।
    माता भवानी देवी र पिता जनार्दन लाल दासको ज्येष्ठ सुपुत्रका रूपमा वि.सं.१९८२ साल असोज १० गते सिराहाको ईनरुवामा जन्मिएका वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकर लाल दास हाल ९६ वर्षको उमेरमा सामाजिक अभियन्ताको क्षेत्रका एक नक्षत्रको रूपमा चिनिन्छन् । भारतको पटना विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा विएससी र एमबिविएस गरी सन् १९५६ मा ध्भकिज ल्बतष्यलब िक्अजयय िया ःभमष्अष्लभ बाट त्म्म् ९त्गदभचअगबिच म्ष्कभबकभक म्ष्उयिmब० र सन् १९५७ मा लण्डनबाट म्त्ःज् ९म्ष्उयिmब ष्ल त्चयउष्अब िःभमष्अष्लभ बलम ज्थनष्भलभ० जस्ता विषयगत विधाको शैक्षिक डिग्री हासिल गरेका छन् ।
    वि.सं. २००९ सालदेखि बीर अस्पतालको रेजिडेन्ट मेडिकल अफिसरको रूपमा आफ्नो स्वास्थ्य सेवा आरम्भ गरेका डा. दास वि.सं. २०२४ सालमा स्वास्थ्य सेवा विभागको निर्देशक हुँदै स्वास्थ्य मन्त्रालयको प्रमुख योजना अधिकृत भएका थिए । डा. दासले सन् १९७५–१९९० को दीर्घकालीन प्रथम स्वास्थ्य सेवा योजना तर्जुमा र विश्व स्वास्थ्य संगठनमा आबद्ध रही माल्दिभ्सको पहिलो स्वास्थ्य सेवा योजना तर्जुमा गर्नुलाई वहाको उपलब्धि मानिन्छ । दास वि.सं.२०३५ देखि २०४७ सालसम्म लोक सेवा आयोगको र वि.सं.२०५७ देखि २०६२ सम्म राष्ट्रिय मानवअधिकार आयोगको मा. सदस्य भएका थिए । गोरखा दक्षिणवाहु जस्ता विभिन्न उल्लेखनीय मानपदवी र सम्मानबाट विभूषित डा. दास नेपाल रेडक्रस सोसाईटी, कुष्ठरोग निवारण संस्था, नेपाल दृष्टिबिहीन कल्याण संघ, विपि आई फाउण्डेशन, टिबी एवं छातीरोग विशेषज्ञ चिकित्सकहरुको संघ, नेपाल क्षयरोग निबारण संघ, नेपाल मेडिकल संघ, परिवार नियोजन संघ, नेपाल भारत मैत्री संघ, रुद्रराज साहित्य सेवा समितिलगायत दर्जनौं संघसंस्थाहरूको दास संस्थापक, अध्यक्ष, पदाधिकारी, सल्लाहकारको जिम्मेवारीमा रहेर सक्रिय रहेका छन् ।

    पछिल्लो समय डा. दास नेपालका ज्येष्ठ नागरिकको विषयलाई हरेक तह र तप्कामा वकालत गर्ने, सामाजिक मार्गदर्शन एवं पारिवारिक समन्वयकर्ताको रुपमा सर्वपरिचित व्यक्ति हुन् । दासले ज्येष्ठ नागरिकहरूको हक, अधिकारको लागि परिवारका सदस्य तथा नागरिकहरू स्वयं सेवामा जुट्नुपर्दछ भन्ने मूल उद्देश्यसहित ज्येष्ठ नागरिकहरूको संरक्षण, सम्बद्र्धन र सशक्तीकरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा बौद्धिक तथा कार्यगत चिन्तन प्रस्तुत गर्दै आएका छन् । डा. दास वि.सं. २०४८ सालमा स्थापित प्रौढ कल्याण संघ नेपालबाट ज्येष्ठ नागरिकको अभियन्ताको यात्रा सुरु गरी राष्ट्रिय ज्येष्ठ नागरिक संस्था सञ्जाल हुँदै हालको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको संस्थापकहरूमध्येको एक हस्ती हुन् । ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील र कर्तव्यनिष्ठ भई लागी परेका दास हाल यस महासंघ र अल्जाईमर विस्मृत समाज नेपालको निर्वतमान अध्यक्ष र वि.पि. आई फाउण्डेशनको अध्यक्षसमेत रहेका छन् । यसरी डा. गौरीशंकर लाल दास बहुमुखी प्रतिभाका धनी, समाजसेवी, सदाचारी, उच्च मनोबल भएको सच्चा नेपालको सपुत हुन् । यस्ता विशिष्ट प्रतिभालाई २०७५ सालको रु. दुई लाख धनराशीको हेमबहादुर मल्ल सम्मान पुरस्कार अर्पण गर्न पाउँदा नेपाल जनप्रशासन संघले गौरवको अनुभूति भएको छ । यस पूर्व हेमबहादुर सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा. बिमल कोईराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देबेन्द्रराज पाण्डे, कुलमान घिसिङ र डा. सन्दुक रुईत सम्मानित भइसकको छ । डा. दास यो सम्मान पाउने सोह्रौ व्यक्ति हुन् ।

    प्रतिकृया दिनुहोस्