News Portal

  • श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता३ माघ, २०७७
    १३८१ पटक
    ३ माघ, २०७७

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २६औं वार्षिक साधारणसभा गत बुधबार सम्पन्न भएको छ । फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजारमा फाइनान्सको सभा सम्पन्न भएको हो ।
    सभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश वितरण (बोनश शेयर ७.३७५ तथा नगद लाभाँश ३.१६५) सम्बन्धि प्रस्ताव पारित भएको छ ।
    सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समीक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप ५ अर्ब २५ करोड रुपैयाँ र कर्जा सापट ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको तथा सम्पूर्ण कारोबारपछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) ११ करोड १९ लाख भएको सभामार्फत जानकरी दिएका थिए ।

    प्रतिकृया दिनुहोस्