News Portal

  • प्रभु बैंकको सञ्चालकमा ६ जना चयन

    आर्थीकसंसार संवाददाता२७ पौष, २०७७
    १००० पटक
    २७ पौष, २०७७

    काठमाडौं । प्रभु बैंकको सञ्चालकमा ६ जना चयन भएका छन् । पुस २६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ६ जनालाई निर्वाचित गरेको हो ।
    जसमध्ये संस्थापक सेयरधनीको समूहबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूहबाट ३ जना रहेका छन् ।
    संस्थापक सेयरधनीको समूहबाट रमेश सिंह खड्का, शंकरप्रसाद कालिकोटा र रामेश्वर सापकोटा रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको समूहबाट ऋषिराम गौतम, अन्जु अधिकारी र प्रमोद घिमिरे बैंकको सञ्चालकमा निर्वाचित भएका छन् ।
    नवनिर्वाचित सञ्चालक अन्जु अधिकारी नेपाल होल्डिङ्ग प्रालिको प्रतिनिधि हुन् भने प्रमोद घिमिरे पाँच पोखरी एग्रिकल्चर प्रालिको प्रतिनिधि हुन् ।

    प्रतिकृया दिनुहोस्