News Portal

  • एनआईसी बैंकले सूर्या र एशियन लाईफको शेयर लिलामीमा

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७७
    १३१५ पटक
    ७ मंसिर, २०७७

    काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वमित्वमा रहेको सूर्या लाईफ र एशियन लाईफ इन्स्योरेन्सको तीन लाख ३३ हजार ९ सय ९४ कित्ता शेयर लिलामीमा राखेको छ ।
    एनआईसी बैंकले आज (मंसिर ७ गते) देखि लिलामीमा राखेको शेयरमा चार दिनभित्रमा आवेदन दिईसक्नु पर्नेछ । लिलामीमा राखेको शेयरमा सबैभन्दा बढी आवेदन भर्नेले पाउनेछन् । साथै बैंकले आफ्नो स्वामित्वमा भएको नागरिक लगानी कोषको शेयर समेत लिलामीमा राखेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफको १ लाख ९३ हजार १ सय ९४, र एशियन लाइफको १ लाख ४० हजार ८ सय कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो ।
    बैंकद्वारा सूचनामा नागरिक लगानी कोषको शेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्ने छन् भने सूर्या लाइफ र एशियन लाइफको शेयरमा अन्य योग्य लगानीकर्ताले पनि आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले न्युनतम प्रति कित्ता १०० रुपैयाँ मूल्य राखी आवेदन दिनुपर्ने छ ।
    शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एसिया बिक्री प्रबन्धक रहेको छ । उक्त लिलामीको शेयर खरिद गर्न चाहनेहरुले एनआईसी एसिया क्यापिटल, एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय तथा अन्य छ वटा शाखा कार्यालयमार्फत खरिद गर्न सकिने बैंकद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्