काठमाडौं । एनआईसी एशिया बैंकले आगामी मंसिर २१ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले सो दिन बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले प्रस्तावित २० प्रतिशत लाभांश पारित गर्दै । बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकले साधारणसभामा जाने प्रयोजनको लागि मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सभामा आव २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात र नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नेलगायतका समान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी निर्देशन एवम् मापदण्डहरूको सम्मान एवम् परिपालना गर्दै साधारणसभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ । साधारणसभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा सेयरधनीलाई मिटिङ्ग आईडी तथा पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
एनआईसी बैंकले बोलायो वार्षिक साधारणसभा
आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७७
२७ कार्तिक, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?