News Portal

  • फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारणसभा मंसिर १८ गते हुने

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७७
    १३९८ पटक
    २३ कार्तिक, २०७७

    काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्तकोे ११ औ वार्षिक साधारण सभा मंसिर १८ गते सम्पन्न हुने भएको छ । सो सभा आम्रपाली ब्याक्वेटमा बिहान ११ बजे हुने भएको छ ।
    सभाले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । त्यस्तै, सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिनेसम्बन्धी आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधरण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।
    लघुवित्तको २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर ५ गते बन्द रहने कम्पनीले जनाएकोे छ । जसका कारण मंसिर ४ गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्