News Portal

  • इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आईपीओ ल्याउँदै

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७७
    १३४५ पटक
    ५ कार्तिक, २०७७

    काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आईपीओ ल्याउने भएको छ । बैंकले आईपीओ प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा समेत डाकिसकेको छ । बैंकले आफ्नो दोस्रो वार्षिक साधारणसभा आगामी मंसिर ३ गते आह्वान गरेको हो । अनलाईन प्रविधिमार्फत हुने उक्त सभामा सेयरधनीलाई कन्फरेन्सको लिङ्क र आईडी पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।
    यस बैंकले ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पेस गरेको छ । उक्त प्रस्तावलाई आगामी हुने साधारणसभाले पारित गर्ने भएकोछ । कम्पनीले जारी पुँजीअन्तर्गत सर्वसाधारण समूहको लागि छुट्याइएको ४० प्रतिशत (कर्मचारीलाई छुट्याएको ०.२ प्रतिशत समेत) ले हुने ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । सो प्रस्तावलाई सभाले पारित गरेपश्चात कम्पनीले सर्वसाधारणमा सो मात्राको आईपीओ जारी गर्ने छ ।

    प्रतिकृया दिनुहोस्