काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटेन्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंङ्क रेमिट्यान्ससँग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरुमार्फत सेवा प्राप्त गर्न सक्नेछन् । अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इजिलिङ्क रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।
बैकले हालसम्म २६ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना सञ्चालनमा ल्याएको छ । हाल यस योजनाअन्तर्गत ११.२५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।
बैंकले देशभरको कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
इजिलिङ्कमार्फत पठाएको पैसा सिधै महालक्ष्मी विकास बैंकमा
आर्थीकसंसार संवाददाता२२ पुष, २०७८
२२ पुष, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह