News Portal

  • पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

    ४ हजार ९१४ जना संक्रमणमुक्त

    आर्थीकसंसार संवाददाता१२ असार, २०७८
    १०२१ पटक
    १२ असार, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५१० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार ४ हजार ७०४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ११ सय ७४ जना र ४ हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ६३ हजार ८५७ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९१४ जना निको भएर घर फर्किएका छन् भने ३० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्