News Portal

  • खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

    आर्थीकसंसार संवाददाता१२ असार, २०८२
    ८ पटक
    १२ असार, २०८२

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका खुला सीमाका कारण भन्सार व्यवस्थापन जटिल बन्दै गएको बताएका छन् ।

    बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफलका क्रममा बोल्दै मन्त्री पौडेलले अवैध कारोबार नियन्त्रणका लागि कानुनी र संरचनागत सुधार दुबैमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

    उनले नेपाल एकातिर भूपरिवेष्टित मुलुक र अर्कोतर्फ खुला सीमा भएको देश भएको उल्लेख गर्दै सम्पूर्ण कारोबार भन्सार बिन्दुबाट मात्रै हुने सुनिश्चितता दिलाउनु ठूलो चुनौती भएको बताए । ‘भन्सार बिन्दु बाहेक अन्यत्रबाट निकासी–पैठारी हुँदैन भन्ने आश्वासन दिन सक्नुपर्छ,’ उनले भने, ‘तर यस्तो अवस्था निर्माण गर्न कानुनी व्यवस्था मात्र होइन, संरचना सुधार पनि अत्यावश्यक छ ।’

    चुहावटका समस्या र अवैध कारोबार बढ्ने अवस्था देखिएको भन्दै अर्थमन्त्री पौडेलले भन्सार सुधारलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गरे । उनले अवैध निकासी–पैठारी रोक्न स्पष्ट कानुनी ढाँचा र सशक्त प्रवर्तन संयन्त्र आवश्यक रहेको धारणा व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्