News Portal

  • थपिए २ हजार ६०७ जना कोरोना संक्रमित

    ३९ जनाको मृत्यु

    आर्थीकसंसार संवाददाता३ असार, २०७८
    ९८० पटक
    ३ असार, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४८४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    ७ हजार ७११ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७६८ जना र ४ हजार ७७३ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४० हजार ४० पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार १४१ जना कोरोनामुक्त भएको छन् भने ३९ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्