News Portal

  • अर्थमन्त्री विष्णु पौडेलद्वारा जारी आव २०७८/७९ को बजेटको प्रमुख विशेषताहरु

    आर्थीकसंसार संवाददाता१५ जेठ, २०७८
    ९९४ पटक
    १५ जेठ, २०७८

    सबैको कोरोना संक्रमितको उपचार निःशुल्क
    काठमाडौं । सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । त्यसैगरी सरकारले कोभिड विरुद्धको खोप खरिद गर्नका लागि २५ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यस्तै, सरकारले कोभिड उपचार तथा परीक्षणको लागि ३७ अर्ब र औषधि खरिद गर्नको लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।

    काठमाडौंमा ३ सय र सातै प्रदेशमा ५० शैय्याको सरुवा अस्पताल निर्माण हुने
    अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंमा ३ सय र प्रत्येक प्रदेशमा ५० शैय्याको सरुवा अस्पताल निर्माण गर्ने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

    बीर अस्पताललाई गौरवको आयोजनामा राखिने
    अर्थमन्त्री विष्णु पौडेलले बीर अस्पताललाई गौरवको आयोजनामा राखिने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

    स्वास्थ्य स्वयंसेविकालाई १२ हजार यातायात भत्ता
    त्यसैगरी स्वास्थ्य स्वयंसेविकाले अबदेखि १२ हजार यातायात भत्ता पाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । अर्थमन्त्री बिष्णु पौडेलले ५५ हजार स्वास्थ्यसेविकाहरुले पाउने भत्तालाई बढाएर १२ हजार पुर्याएका हुन् । यसअघि यस्तो भत्ता ३ हजार थियो । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

    सशर्त अनुदान बृद्धि
    अर्थमन्त्री विष्णु पौडेलले सशर्त अनुदान वृद्धि गरेका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै पौडेलले सशर्त अनुदानमा वृद्धि गरेको बताएका हुन् । पौडेलले ३५ अर्ब र स्थानीय तहहरुका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको बताए ।

    अत्यावश्यक खाद्य वस्तुमा २० प्रतिशत छुट
    अर्थमन्त्री विष्णु पौडेलले अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट दिने बताएका छन् । उनले साल्ट ट्रेडिङ्ग खाद्य कम्पनीबाट विक्री हुने वस्तुमा २० प्रतिशत छुट हुने बताएका हुन् ।

    निषेधाज्ञाको समयको विजुलीको विल तिर्नु नपर्ने
    सरकारले निषेधाज्ञाको समयमा धरायसी प्रयोगको विद्युत महसुल छुट दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्री पौडेलले दिएको जानकारी मासिक २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले विद्युतको महसुल सबै छुट पाउने भएका हुन् । यस्तै, मासिक १०० युनिटसम्मको खपतमा ५० प्रतिशत र २५० युनिटसम्म प्रयोग गरेमा ३० प्रतिशत छुट पाइने छ ।

    सरकारले दुई महिनाको सामाजिक सुरक्षा कोषको रकम आफैं राखिदिने
    सरकारले जेठ र असारको सामाजिक सुरक्षा कोषको रकम राख्ने भएको छ । अर्थमन्त्रीले बजेट पस्तुत गर्दै यस्तो बताएका हुन् ।

    सरकारी कर्मचारीलाई भ्रमणमा प्रोत्साहन गर्न १० दिनको सुविधा
    सरकारले नेपालको पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई बार्षिक १० दिन बराबरको सेवा उपलब्ध गराउने भएको छ । कर्मचारीले पाउने सेवा सुविधालाई आधार बनाएर १० दिन बराबरको सेवा दिइने भएको छ । यस्तै निजी क्षेत्रका कर्मचारीलाई समेत प्रोत्साहन गर्न आग्रह गर्नेछ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

    स्टार्ट अपको लागि एक प्रतिशत ब्याजदरमा २५ लाखसम्मको कर्जा
    अर्थमन्त्री विष्णु पौडेलले स्टार्ट अपको लागि युवाहरुलाई एक प्रतिशत ब्याजदरमा २५ लाखसम्मको कर्जा उपलब्ध गराउने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले यसको लागि १ अर्बको च्यालेन्ज फण्ड स्थापना गर्ने बताएका छन् ।

    सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि, वृद्धभत्ता ४ हजार पुग्यो
    अर्थमन्त्रीले वृद्धभत्ता ४ हजार पुर्याउने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि हुने बताएका छन् । यसको लागि एक खर्ब विनियोजन गरिएको उनले बताएका छन् ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब
    सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिवर्तन गरिने जनाएको छ । बेरोजगार २ लाख युवालाई रोजगारीमा समावेश गर्ने भन्दै उक्त रकम विनियोजन गरिएको हो । चालु वर्षमा ११ अर्ब ६० करोड रुपैयाँ विनियोज गरिएको थियो । आगामी वर्ष यो कार्यक्रमबाट २ लाखले रोजगारी पाउने लक्ष्य राखिएको छ । रोजगार कार्यक्रमलाई परिवर्तन गर्न सकिने जनाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधिसभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

    ७१ थप कृषि जोन सञ्चालनमा ल्याइने
    अर्थमन्त्री विष्णु पौडेलले थप ७१ क्षेत्रलाई कृषि जोन सञ्चालन गर्ने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले कृषकलाई प्रोत्साहन गर्ने बताएका छन् ।

    उखु किसानलाई १५ दिनभित्र अनुदान
    अर्थमन्त्री विष्णु पौडेलले उखु किसानलाई फ्याक्ट्रीमा उखु पुर्याएको १५ दिनभित्र अनुदान दिने व्यवस्था मिलाउने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले यसको लागि ८४ करोड विनियोजन गरेको बताएका छन् । सरकारले समयमा नै किसानलाई दिने भनेको अनुदान रकम पठाउने गरेतापनि उखु मिलले समयमा नै रकम भुक्तानी नगरेको भन्दै उखु किसानहरू आन्दोलन गर्दै आएका छन् ।

    विदेशी पर्यटकलाई १ महिना निःशुल्क भिसा
    सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको प्रवेशाज्ञा (भिसा) निःशुल्क उपलब्ध गराउने भएको छ ।
    नेपालमा धेरै विदेशी पर्यटक भित्र्याउन सरकारले निःशुल्क भिसा दिन लागेको हो । नेपालका पर्यटन प्रवद्र्धन गर्न सरकारले सरकारी कर्मचारीलाई १० दिन बराबरको पर्यटन काज दिने घोषणा गरिसकेको छ । यसअघि सरकारले भूकम्पपछि नेपालमा चीनका पर्यटकलाई तीन महिनासम्म निःशुल्क भिषा दिँदै आएको थियो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

    पाउडर दुध उत्पादन गर्न निजी क्षेत्रलाई ३५ प्रतिशतसम्म अनुदान
    अर्थमन्त्री विष्णु पौडेलले धुलो दूध उत्पादन गर्न निजी क्षेत्रलाई ३५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

    कृषिमा ४५ अर्ब बजेट
    सरकारले आगामी वर्षको बजेटमार्फत कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । चालू आबमा कृषि तथा पशुपंक्षी क्षेत्रमा ४१ अर्ब ४० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

    गरिबी निवारण कोष खारेज
    अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज भएको बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै उनले गरिबी निवारण कोष खारेज भएका बताएका हुन् ।

    रासायनिक मल खरिदका गर्न १२ अर्ब अनुदान
    सरकारले रासायनिक मल खरिदका लागि १२ अर्ब रुपैयाँ अनुदान रकम विनियोजन गरेको छ । यस्तै, जैविक मल कारखाना स्थापना गर्न निजी क्षेत्रलाई ५० प्रतिशत छुट दिइने जनाइएको छ । सरकारले आगामी वर्षको बजेटमार्फत कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । चालू आबमा कृषि तथा पशुपंक्षी क्षेत्रमा ४१ अर्ब ४० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

    साउन १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध
    अर्थमन्त्री विष्णु पौडेलले साउन १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गरिने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै डिपार्टमेन्ट स्टोरदेखि लिएर सबै सपिङ्ग मलहरुले प्लास्टिकको प्रयोग बन्द गरी सुति, जुट र कागजको झोलाहरु प्रयोग गर्नुपर्ने बताएका छन् । यस्तै उनले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन गर्ने कम्पनीहरुलाई नयाँ उपकरण जडान गर्न पुँजीगत अनुदान दिने बताएका छन् ।

    पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड बजेट
    सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका लागि २७ अर्ब ४७ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

    दुई वर्षभित्र ३९६ आधारभूत अस्पतालहरु निर्माण भइसक्ने
    अर्थमन्त्री विष्णु पौडेलले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा विस्तारका लागि शिलान्यास गरिएको ३ सय ९६ आधारभूत अस्पतालहरु २ वर्ष भित्र सकिने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । पौडेलले आधारभूत अस्पतालको लागि ६ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको बताएका छन् ।

    रोपवे निर्माणमा भन्सार छुट दिने
    अर्थमन्त्री विष्णु पौडेलले रोपवे निर्माणमा भन्सार छुट दिने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले भन्सार छुट दिने बताएका हुन् ।

    काठमाडौंको चोभारमा भन्सार निर्माण हुने
    अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको चोभारमा भन्सार निर्माण हुने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

    स्थानीय तहलाई ४ खर्ब १३ अर्ब अनुदान
    सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदान बढाएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदानलाई बढाउँदै ४ खर्ब १३ अर्ब ९ करोड रुपैयाँ पुर्याएको हो । शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारलाई ५७ अर्ब ९५ करोड, स्थानीय तहलाई ९४ अर्ब ६५ करोड रुपैयाँ समानीकरण अनुदान उपलब्ध गराउने बताएका छन् ।

    कर्णालीमा खाद्यान्न पुर्याउन ७६ करोड अनुदान
    सरकारले कर्णालीलगायत दुर्गमका जिल्लामा खाद्यान्न ढुवानी गर्न ७६ करोड बजेट अनुदानस्वरुप विनियोजन गरेको छ । खाद्यान्न लगायत नुनको व्यवस्था गर्न उक्त रकम विनियोजन गरिएको हो । यस्तै सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १३ अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

    आगामी २ वर्षमा सबै सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट
    अर्थमन्त्री विष्णु पौडेलले आगामी २ वर्षमा सबै सामुदायिक विद्यालयमा निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट जडान गरिने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । पौडेलले यसअन्तर्गत १ वर्षभित्र ६० प्रतिशतमा यसको पहुँच पुर्याउने बताएका हुन् ।

    ठोरीका रामलाई बजेट विनियोजन
    अर्थमन्त्री विष्णु पौडेलले चितवनको राममन्दिर (ठोरीका राम) लाई बजेट विनियोजन गरेको बताएका छन् ।

    शिक्षा मन्त्रालयलाई १ खर्ब ८० अर्ब बजेट
    सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

    महोत्तरीको जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने
    अर्थमन्त्री विष्णु पौडेलले महोत्तरीको जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

    जानकी मन्दिर र तिलौराकोटालाई विश्व सम्पदा सूचीमा राखिने, पशुपतिनाथलाई ३५ लाख
    अर्थमन्त्री विष्णु पौडेलले पशुपतिनाथ मन्दिर पुनर्वलीकरण गर्न ३५ लाख बिनियोजन गरेको बताउका छन् । उनले जानकी मन्दिर र तिलौराकोटालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने पनि बताए । अयोध्यापुरीमा रामसिता मन्दिर निर्माण गर्न रकम बिनियोजन गरिएको पनि उनले बताए । यस्तै, देशभरको संस्कृति झल्कने गरी कीर्तिपुरमा राष्ट्रिय सांस्कृतिक संग्राहलय दुई वर्षभित्र निर्माण गरिने बताए ।

    अवकास प्राप्त खेलाडीलाई व्यवसाय गर्न सुलभ कर्जा
    अर्थमन्त्री विष्णु पौडेलले अवकास प्राप्त खेलाडीलाई व्यवसाय गर्न सुलभ दरमा कर्जा दिने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । पौडेलले देशका राम्रो खेलाडीहरुलाई यस्तो व्यवस्था गरिएको बताएका छन् ।

    चक्रपथ विस्तारको लागि दुई अर्ब ६४ करोड विनियोजन
    अर्थमन्त्री विष्णु पौडेलले चक्रथप विस्तारका लागि २ अर्ब ६४ करोड बजेट विनियोजन गरिएको बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले चक्रपथभित्रका तीन स्थान ग्वार्काे, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने बताएका छन् ।

    काठमाडौंमा १०० वटा विद्युतीय बस चलाइने
    आगामी आर्थिक वर्षभित्र काठमाडौं उपत्यकामा १ सयवटा विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्री पौडेलले विद्युतीय बस संचालनलाई प्राथमिकता दिन आगामी आर्थिक वर्षभित्र काठमाडौं उपत्यकामा १ सय वटा विद्युतीय बस संचालन गर्ने जानकारी दिएका हुन् ।

    विपन्नहरुको घरमा निस्शुल्क बत्ती जडान गरिने
    अर्थमन्त्री विष्णु पौडेलले विपन्नहरुको घरमा निःशुल्क बत्ती जडान गरिने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

    सम्मेलन केन्द्र स्थापना गर्न सवा ५ अर्ब विनियोजन
    अर्थमन्त्री विष्णु पौडेलले देशभर सम्मलेन केन्द्र स्थापना गर्न ५ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले सो बजेट विनियोजन गरेका हुन् ।

    सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने
    अर्थमन्त्री विष्णु पौडेलले सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

    सांसद विकास कोष खारेज
    अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेज भएको बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

    निर्माणाधीन दुई विमानस्थलका लागि १२ अर्ब बजेट
    सरकारले निर्माणधीन दुई विमानस्थल निर्माणका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । जसमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ५३ करोड र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब ५० करोड बजेट विनियोजन गरिएको हो । यस्तै सरकारले आन्तरिक विमानस्थलको क्षमता विस्तार तथा मर्मत सम्भारका लागि १ अर्ब ३३ करोड बजेट विनियोजन गरेको छ । जसमा इलाम, गुल्मी र डोल्पामा रहेका विमानस्थलमा परीक्षण उडान गर्ने, सुर्खेत र विराटनगर विमास्थलको विस्तार गर्ने, ओखलढुंगाा, ताप्लेजुङ विमानस्थलको धावनमार्ग विस्तार गरिनेछ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

    भूकम्पपछिको पुनर्निर्माणको लागि ३३ अर्ब ५५ करोड बजेट
    सरकारले भूकम्पपछिको पुनर्निमाणको लागि ३३ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बताएका हुन् ।

    ताप्लेजुङको सुकेटारस्थित विमानस्थल अब ‘रविन्द्र अधिकारी विमानस्थल’
    सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व. रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेको छ । तत्कालीन पर्यटन मन्त्री अधिकारीको सम्मानमा सरकारले उक्त विमानस्थलको नामाकरण गरेको हो । उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । मन्त्री अधिकारीसँगै मृत्यु भएका यति समूहका संस्थापक स्व. आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

    सबै सरकारी अस्पतालमा पत्रकारलाई निस्शुल्क उपचार
    अर्थमन्त्री विष्णु पौडेलले सबै सरकारी अस्पतालमा पत्रकारहरुलाई उपचार निःशुल्क गरिने बताएका छन् । अर्थमन्त्री पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । यससँगै पत्रकार महासंघका सदस्य रहेका सबै पत्रकारले सरकारी अस्पतालमा निःशुल्क उपचार पाउने भएका छन् ।

    सुरक्षाकर्मीको तलब भत्ता १५ प्रतिशतले बढ्यो
    अर्थमन्त्री विष्णु पौडेलले सुरक्षाकर्मीको १५ प्रतिशत तलब भत्ता बढ्ने बताएका छन् । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले सुरक्षाकर्मीको १५ प्रतिशत तलब भत्ता बढाउने बताएका हुन् । त्यसैगरी अर्थमन्त्री विष्णु पौडेलले अब आयोजना सम्पन्न नहुँदासम्म आयोजना प्रमुख सरुवा नगर्ने बताएका छन् ।

    नेपाल एयरलाइन्समा रणनीतिक साझेदार भित्र्याइने
    सरकारले नेपाल वायुसेवा निगमको क्षमता विस्तारका लागि खुल्ला प्रतिस्पर्धाबाट रणनीतिक साझेदारी भित्र्याउने भएको छ । यसअघिसमेत उक्त तयारी भएकोमा कर्मचारीको आन्दोलनपछि रोकिएको थियो । सरकारले निगमको क्षमता विस्तारका लागि उक्त निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधिसभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

    स्थानीय तहको केन्द्रलाई सडकसँग जोड्न तीन अर्ब ३० करोड विनियोजन
    अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तहको केन्द्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोडन ३ अर्ब ३० करोड रुपैयाँ बजेट छुट्याएको बताएका छन् । पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै ६ सय १६ किलोमिटर सडको प्राराम्भ गर्नको लागि उक्त बजेट छुटाएको बताए । उनले संघ प्रदेश र स्थानीय तहका संयुक्त लगानीमा आगामी ३ वर्ष भित्रमा सम्बन्धित प्रदेश केन्द्रबाट नजिकको राजमार्गसम्म पक्कि सडकले जोडिने बताएका छन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

    बच्चाले खाने दुधको भन्सार महसुल ५० प्रतिशतले घट्यो
    सरकारले बच्चाले खाने दुधको भन्सार महसुल ५० प्रतिशतले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै बच्चाले खाने दुधको भन्सार महसुल ५० प्रतिशतले घटाएको जानकारी गराएका हुन् ।

    इन्धनको भ्याट क्रेडिटको सुविधा पुनस्र्थापित
    सरकारले उद्योगले प्रयोग गर्ने पेट्रोलियम पदार्थको भ्याट क्रेडिट सुविधा पुनस्र्थापित गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै उद्योगमा उपयोग गर्ने पेट्रोलियम पदार्थको भ्याट क्रेडिट सुविधा पाउने बताएका छन् । अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडाले केही उद्योगी व्यवसायीले गरेकै कमजोरीकै आधारमा पेट्रोलियम पदार्थको भ्याट क्रेडिट सुविधा हटाइदिएका थिए । यो सुविधा हटाउँदा उद्योगी व्यवसायी रुष्ट बनेका थिए । उद्योगमा प्रयोग हुने इन्धनमा क्रेडिट गर्न नपाउने व्यवस्था भ्याटको सिद्धान्त विपरीत थियो । यो व्यवस्थाका बारेमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा आवाज उठाउँदा उनले रुखो जवाफ दिए– ‘नक्कली बिल बनाएर भ्याट लिने प्रवृत्ति भएकाले यो हटाइएको हो ।
    स्टार्टअपले कारोबार सुरु गरेको ५ वर्षसम्म आयकरमा छुट
    कोभिड महामारीले असर पुर्याएको अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले स्टार्टअप व्यवसायले कारोबार सुरु गरेको मितिदेखि पाँच वर्षसम्म लाग्ने आयकरमा शतप्रतिशत छुट दिने घोषणा गरेको छ । निजी क्षेत्रको कम्पनीले पाँचवटा स्टार्टअप व्यवसायलाई तोकिए अनुसारको बिउ पुँजी रकम दिए करयोग्य आयबाट घटाउन छुट दिने योजना पनि ल्याएको छ । सरकारले युवाहरुलाई उद्यमशीलतामा प्रेरित गर्न स्टार्टअप व्यवसायहरुलाई एक प्रतिशत ब्याजदरको सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने भएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप (नवउद्यम) हरुलाई बिउ पुँजीका लागि एक प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जाको प्रबन्ध गर्ने घोषणा गरेका हुन् । साथै, यस्ता स्टार्टअप व्यवसाय स्थापना तथा संचालनका लागि सहज बनाउन एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउने समेत बजेटले उल्लेख गरेको छ । यस्तै, नवउद्यमीहरुलाई वित्तीय रुपमा सघाउनका लागि सरकारले एक अर्ब रुपैयाँको च्यालेन्ज फन्डको स्थापना गर्ने पनि बजेटमार्फत मन्त्री पौडेलले बताएका छन् ।

    एक दर्जन बढी सुरुङमार्ग निर्माण अघि बढाइने
    सरकारले निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङमार्गलाई ९ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी दुई वर्षमा सक्ने गरी तीव्रता दिन लागिएको बताए । उनका अनुसार यो सुरुङमार्ग निर्माण सुरु भएसँगै नेपाल आधुनिक सडक सुरुङमार्ग युगमा प्रवेश गरेको छ । भौगोलिक विकटताका कारण लम्बिएको यात्रा सुरुङमार्गले छोटो बनाउँदै यात्रा अवधि घटाउदै लैजाने बताउँदै उनले सडकमा सुरुङमार्ग प्रविधि महत्वका साथ अवलम्बन गरिने बताए । पाल्पाको सिद्धबाबामा आगामी वर्ष निर्माण गर्न ठेक्का आह्वान भएको छ । लामाबगर लाम्चे, धनकुटा–लेउती सुरुङमार्ग निर्माण सुरु गरिने उल्लेख छ । काठमाडौं कोटेश्वरको जाम कम गर्न तीनकुने–जडिबुटी सुरुङमार्ग गर्न १ अर्ब ८० करोड रुपैयाँ छुट्याइएको छ । टोखा–छहरे, वेत्रावती–स्याफ्रुबेंसी, खुर्काेट–चियाबारी, थानकोट–चित्लाङ डीपीआर तयार गरिने उल्लेख छ । विभिन्न राजमार्गमा सुरुङमार्ग निर्माण लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्