आर्थीकसंसार संवाददाता२० असार, २०८२

काठमाडौं । गरिमा विकास बैंकले ९८ हजार कित्ता बढी शेयर बिक्रीमा राखेको छ।
बैंकको संस्थापक समूहको ९८ हजार २८.८४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन पेस गर्न सक्नेछन्।
यसअघि यो शेयर बैंकले बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। तर, संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।