News Portal

  • नेपाली युवा उद्यमी मञ्च वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

    आर्थीकसंसार संवाददाता४ जेठ, २०७८
    ६४८ पटक
    ४ जेठ, २०७८

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) एउटा गैर नाफामुखी संस्था हो, यसको स्थापना सन २००३ मा भएको हो । यस संस्थाको मुख्य उद्देश्य युवा उद्यमीहरुबीच विचारको आदानप्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने ज्ञान, सीप, शिक्षा, साझेदारी तथा तालिमहरु उपलब्ध गराउनु रहेको छ । हाल एन.वाइ.इ.एफ.को एपेक्स बडी (केन्द्रीय कार्य समिति) मा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमीहरुको सहभागिता रहेको छ र ६ सयभन्दा बढी सदस्यहरु यस संस्थामा आवद्ध छन् ।
    दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न नेपाल जस्तो देशका लागि निकै चुनौतिपूर्ण छ, यस महामारीले स्वास्थ्य क्षेत्रअन्तर्गत गम्भीर प्रकृतिका विरामीलाई अक्सिजन अभावले उपचारमा थप समस्या सिर्जना गरेको छ ।
    राष्ट्र पहिले र केही बनाऔं भन्ने एन.वाइ.इ.एफ. को मूल दुई मूल्य मान्यता हुन् । उक्त दुई मूल्य मान्यतालाई मध्य नजर गर्दै एन.वाइ.इ.एफ. सदस्यहरुको संयुक्त पहल अन्तर्गत वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइयो । उक्त पहल २४ घण्टा भित्रनै सफल गराइएको थियो । साथै उक्त कार्य एन.वाइ.इ.एफ. राष्ट्रिय परिषद, काठमाडौं च्याप्टर र काठमाडौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको कुरा संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्